जनपथ माध्यमिक विद्यालयमा म्ह पूजा

नेपाल भाषा र नेपाल मण्डलको संस्कृति नयाँ पुस्तालाई सिकाउने उद्देश्यले कलंकीको जनपथ माध्यमिक विद्यालयले आज नेपाल सम्वत् तथा म्ह पुजा सम्पन्न गरेको छ । नेपाल भाषा प्रशिक्षक शिक्षकहरूको सकृयतामा कक्षा सातका विद्यार्थीहरूलाई म्ह पुजामा सरिक गराइएको हो ।

दशैँ देखि तिहार सम्म विद्यालय विदा हुने हुँदा आजै म्ह पुजा गरिएको हो । पुजा अघि काठमाडौं महानगर पालिका वडा नम्बर १४ का वडा सदस्य शोभा खड्काको प्रमुख आतिथ्यतामा प्रतीकात्मक रुपमा नेपाल सम्वत् तथा शङ्खधर साख्वा जयन्ती पनि मनाइयो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक जीत बहादुर लामिछानेले भाषा र संस्कृति कुनै जाती बिशेषको मात्र नहुने र नेपाल मण्डलमा नेपाल भाषा र संस्कृतिलाई जगेर्ना गर्न सबै लाग्नुपर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन नेपाल भाषा प्रशिक्षक रश्मी नापितले गर्नुभएको थियो ।

Scroll to Top