टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको एक सयौं विकेट पूरा

काठमाडौं । सन्दीप लामिछानेको टी–२० आई क्रिकेटमा एक सयौं विकेट पूरा भएको छ । वेस्ट इन्डिज र अमेरिकामा जारी विश्व कप टी–२० विश्व कप समूह चरणमा बंगलादेशविरुद्धको अन्तिम खेलमा २ विकेट लिदै सन्दीपले टी–२० मा सयौं विकेट पूरा गरेका हुन् ।

नेपालबाट ५४औँ खेलमा यो कोशेढुंगा पार गरेको सन्दीप नेपालबाट १००औँ ट्वान्टी–२० विकेट लिने पहिलो बलरसमेत हुन् । सन्दीप ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने दोस्रो बलर बने । सन्दीपअघि रहेका अफगानिस्तानका राशिद खानले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

विश्व कपमा उनको यो दोस्रो खेल हो । अमेरिकाले भिसा नदिएपछि सन्दीप अन्तिम दुई खेलका लागि मात्र टोलीमा समेटिएका थिए ।

Scroll to Top