ट्रिपर तथा ट्रक व्यवसायी समितिको भवन शिलान्यास कार्यक्रम सम्पन्न

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको आयोजनामा समितिको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा चन्द्रागिरि नगरपालिका वडा नं ७ हाईभिजन कोलोनीमा आज आयोजना गरिएको सो कार्यक्रममा विशेष अतिथिको रुपमा बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री रमा आलेमगर , चन्द्रागिरि नगरका प्रमुख घनश्याम गिरि , थानकोट प्रहरी वृत्त प्रमुख सुर्य सुवेदी , नेकपा (एमाले) नगर पार्टी कमिटी अध्यक्ष उत्तम बहादुर राउत , नेकपा (माओवादी केन्द्र) का नगर पार्टी कमिटी अध्यक्ष देवकृष्ण महर्जन , चन्द्रागिरि नगरपालिकका प्रवक्ता कृष्ण प्रसाद खड्गी , नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर , नेपाल पेट्रोलियम डिलर एशोसिएसनका महासचिव विश्व प्रसाद अर्याल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि , नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो !

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि मन्त्री रामनाथ अधिकारीले हाल व्यवस्था र राजनीतिक नेतृत्वप्रति आम मान्छेको विश्वास गुम्दै गएको , सहि नीति र नेतृत्वको अभावमा मुलुकले अपेक्षाकृत आर्थिक वृद्धिदर हासिल गर्न नसकेको तर्फ संकेत गर्दै आयोजक ट्रिपर तथा ट्रक व्यवसायी समितिको समस्या समाधानमा आफुले सक्दो समन्वय र सहजीकरण गर्ने बताए ।

बागमती प्रदेश सभा सदस्य पूर्व युवा तथा खेलकुद मन्त्री रमा आले मगरले बागमती प्रदेश प्राकृतिक स्रोतले सम्पन्न भएको र विकास निर्माणका लागि आवश्यक सामाग्रीको उच्च सम्भाव्यता भएर पनि नीतिगत अस्पष्टताका कारण राजस्व संकलन लगायत समस्या रहेको बताइन् !

त्यस्तै , चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका धार्मिक , साँस्कृतिकरुपमा वैभवशाली रहेको र पर्यटन क्षेत्रमा समेत अगाडी बढिरहेको सन्दर्भमा स्थानीय पेसागत व्यवसायीक क्षेत्रका अवरोधहरुको हल खोज्न नगर तत्पर रहेको बताए !

ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्ण प्रसाद पन्त सभापति रहेको उक्त कार्यक्रमलाई नेकपा एमालेका नगर अध्यक्ष उत्तम राउत र नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष देवकृष्ण महर्जनले समेत सम्बोधन गरेका थिए !

साथै , कार्यक्रमका प्रमुख अतिथि मन्त्री रामनाथ अधिकारीले हाई भिजन कोलनीमा रहेको समितिको जग्गामा प्रस्तावित भवनको शिलान्यास गरेको समितिका निवर्तमान अध्यक्ष दिल बहादुर श्रेष्ठले शोणितपुर खबरलाई जानकारी दिए !

Scroll to Top