डुम्रे–बेंसीसहर सडक पुनः अवरुद्ध

काठमाडौं । डुम्रे–बेंसीसहर सडक पुनः अवरुद्ध भएको छ । गए रातिदेखि परेको निरन्तरको वर्षाले पहिरो खस्दा बेंसीसहर नगरपालिका– १ दलालमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध भएपछि लमजुङबाट संघीय राजधानी काठमाडौं, गण्डकी प्रदेश राजधानी पोखरा तथा चितवन, भैरहवालगायत स्थान जाने–आउने र बेंसीसहरतर्फको सवारी आवागमन बन्द भएको छ । बाटोमा सयौं यात्रु अलपत्र परेका छन् ।

यसअघि यही असार ४ गते पनि पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

Scroll to Top