डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला सुरु

काठमाडौं । साउन १ गते देशभरीका शिवालयहरूमा मेला लागेको छ । भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको सिर डोलेश्वर महादेव मन्दिरमा पनि मेला सुरु भएको छ ।
साउन १ केदारनाथको सिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मातृशक्तिद्वारा कलस यात्रा गरी ३८ दिने श्रावणी मेला सुरु गरेको हो ।
मेलाको पहिलो दिनमा बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि डोलेश्वर मन्दिरसम्म मातृशक्तिहरूले कलश यात्रा गरेका छन ।

करिब ३ सयजना महिलाहरूले कलश यात्रा गरेको केदारनाथको सिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सदस्य राकेश थापाले जनाएका छन् ।
२०८१ सालको यस ३८ दिने श्रावणी मेलाको बागमती प्रदेशका सांसद माननीय किरण थापाले औपचारिक रूपमा उद्घाटन गरे । उनले आइतबार डोलेश्वर मन्दिर प्रांगणमा आयोजित उद्घाटन कार्यक्रमलाई पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
केही वर्षदेखि सिपाडोलस्थित डोलेश्वर महादेवमा श्रावणी मेला लाग्ने गरेको छ । यस पटक भने साउन १ गतेदेखि भदौ ६ गतेसम्म गरी ३८ दिनका लागि मेला लागेको हो ।
समितिले मन्दिर पुनर्निर्माण गर्न आवश्यक पर्ने रकम जुटाउने हेतुले मेला लागेको बताएको छ । मेलाका दौरान हरेक दिन स्थानीय गुरुहरूबाट नित्य पूजा, बिमाला गंगा आरती र अन्तिम दिन गर्व गृहमा भक्तजनहरूका लागि ढोका खुला गरिने छ भने सो दिन यज्ञको पूर्णाहुती सहित मेला सम्पन्न गरिने छ ।

Scroll to Top