तितेपातीबाट तेल उत्पादन सुरु, सबै स्थानिय तहले यसमा ध्यान दिने कि ?

काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु गरिएको छ ।

ईन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिए ।

तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताए ।

‘अहिले यो तेलको उच्च माग छ,’ उनले भने,’ स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन् पहिला त्यसको पहिचान हुन सक्नुपर्ने र म्यापिङ गर्न सकिए धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।’

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने बताए ।

वडाअध्यक्ष आचार्यले यस्ता क्रियाकलापले स्थानीयको जीवनस्तरमा व्यापक सुधार हुने , आयआर्जनमा वृद्धि हुनुका साथै समग्र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने बताए ।

घरेलु रक्सी उत्पादनको प्रक्रिया जस्तै तितेपातीको तेल उत्पादन गर्नेगरिन्छ । लोकल रक्सी बनाउँदा भाडामा बस्ने भए पनि तितेपातीको तेल बनाउँदा उडेर जान्छ । त्यसैले ‘हाइड्रो डष्टिलेट’ नामको मेसिनबाट यसको तेल उत्पादन हुन्छ ।

सामान्यतया : नेपालमा १२ प्रजातीका तितेपाती पाइन्छ । १ टन तितेपातीबाट १ केजी तेल उत्पादन हुन्छ ।

नुवाकोटमा व्यवसायिक तितेपातीको तेल उत्पादन गर्दै आएका ललितपुरका उत्तम बज्रचार्यका अनुसार तितेपाती संकलन, अन्य व्यवस्थापनको खर्च जोड्दा करिब १५ लाख रुपैयाँ लगानी पर्न जान्छ । १५ लाखको लगानी गर्दा वार्षिक रूपमा ३० लाख बढी नाफा हुने उनको अनुभव छ ।

तितेपाती फुल्नु वा दाना लाग्नुभन्दा पहिला नै तेल बनाउन प्रयोग गर्नुपर्छ । सामान्यतया वैशाखदेखि भदौ–असोजसम्म यसको तेल बनाउने उपयुक्त समय हो । हिउँदयाममा भने, फुल्ने तथा तितेपातीको बिरुवा मर्न थाल्छ र तेल निकाल्न सकिँदैन ।

उद्यमशिलतामा आधारित कार्यक्रम बनाउन सके देशको अर्थतन्त्र र रोजगारी सृजनामा उल्लेख्य उपलब्धी हासिल हुने 

तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी मानिन्छ । त्यस्तै जीउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ । अहिलेपनी हाम्रो गाउँघरमा चोटपटकबाट बगेको रगत बन्द गर्न तितेपातीको प्रयोग गर्नेगरिन्छ ।

त्यस्तै डण्डिफोरको निराकरण, यौनांगमा देखा पर्ने छालासम्बन्धी समस्याको पनि हुन्छ उपचार गर्न सकिन्छ । सामान्यतया कपालमा तेल लगाएको जसरी उक्त तेलको प्रयोग गर्नुपर्छ । तितेपातीको तेलमात्रै होइन पात नै पकाएर खाए पनि धेरै रोग निको हुने विज्ञहरु बताउँछन् !

सहज र सर्वसुलभरुपमा जताततै पाइने यस्ता वनस्पतिहरुको पहिचान गरि सबै स्थानिय तहले नीति निर्माण गरि उद्यमशिलतामा आधारित कार्यक्रम बनाउन सके देशको अर्थतन्त्र र रोजगारी सृजनामा उल्लेख्य उपलब्धी हासिल हुने देखिन्छ !

Scroll to Top