तिर्थराज रेग्मी “असार” महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा

अहोरात्र राष्ट्र सेवामा समर्पित प्रहरी कर्मचारीहरूलाई प्रोत्साहन गर्न थानकोट प्रहरी वृत्तले प्रहरी निरीक्षक तिर्थराज रेग्मीलाई “असार” महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ !

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण दरबन्दी भइ हाल प्रहरी वृत्त थानकोटमा कार्यरत रेग्मीलाई विभागीय मूल्य मान्यता तथा आदेश , निर्देशनको पालना गरि व्यवसायीक, लगनशील र कर्तव्यनिष्ठ रहि प्रहरी संगठनको छवि उच्च राख्न जिम्मेवारी निर्वाह गरेकोमा सो कार्यको उच्च मूल्यांकन गर्दै “असार” महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको थानकोट प्रहरी वृत्तले जनाएको छ ।

Scroll to Top