तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

खानेतेल बोकेर सिमराबाट काठमाडौंतर्फ आइरहेको ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज (३० भदौ) बिहान त्रिशूलीमा खसेको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका-२९ पच्चीस किलोबाट ट्रक नदीछेउमा खसेको हो ।

दुर्घटनामा परेको ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको छ ।

Scroll to Top