त्रिभुवन पार्क सम्बन्धी विषयमा स्थानीय सरोकारवालाहरूले बुझायो चन्द्रागिरि नगरलाई ज्ञापनपत्र !

चन्द्रागिरि (काठमाडौं) । उपत्यकाकै ऐतिहासिक महत्वको त्रिभुवन पार्कको लामो समयदेखिको विवाद र व्यथिती सम्बन्धी विषयमा स्थानियस्तरमा कृयाशील सहिद स्मारक प्रकृति प्रतिष्ठान ( त्रिभुवन पार्क ) संरक्षण तथा समन्वय समितिद्वारा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ ।

पूर्व खेलकुद मन्त्री तथा बागमती प्रदेश सभा सदस्य रमा आलेमगर, चन्द्रागिरि नगरस्तरका राजनीतिक दल र स्थानीय बुद्धिजीवी , स्थानीय सरोकारवालाहरूको रहोवरमा बागमती प्रदेश सभा सदस्य समेत रहेकी समन्वय समितिका संयोजक बिन्दु श्रेष्ठले नगर प्रमुख घनश्याम गिरीलाई ज्ञापनपत्र बुझाएको हो !

ज्ञापनपत्रमा पार्कभित्र मिल्टन सोलुसन प्रा.लि.ले बनाइरहेको थ्रीडिपार्क, टिकट काउण्टरमा बिचौलिया पवन मिडियाद्वारा गरिरहेको आर्थिक कारोबार तथा त्रिभुवनपार्कको पार्किङ क्षेत्रमा निर्माण गर्न लागिएको चार्जिङ्ग सेन्टर लगायत व्यावसायिक संरचनाहरू अविलम्ब नगरपालिकाले रोक्नु, भत्काइनुपर्ने साथै त्रिभुवन पार्कमा भइरहेका सम्पूर्ण कानुन विपरीतका गतिविधिहरू रोक्न चन्द्रागिरि नगरपालिकाले यथाशीघ्र कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

२०११ सालमै स्थानीयहरूको जग्गा अधिकरण गरि निर्माण थालिएको त्रिभुवन पार्कको पछिल्लो अवस्था नाजुक बन्दै गएको , पार्कभित्र अनधिकृत गतिविधि बढेको , सुन्दर प्राकृतिक पार्कलाई विभिन्न व्यवसायीक प्रयोजनका लागि भाडामा लगाउने कार्यले पार्क विरुप हुँदै गएको साथै , संचालनको जिम्मा पाएको सहिद स्मृति प्रकृति प्रतिष्ठानको अकर्मण्यता र लापरबाहीका कारण इतिहास बोकेको पार्कको अस्तित्व नै खतरामा परेको भन्दै स्थानीय सरोकारवालाहरूले आक्रोश समेत पोखेका छन् !

हाल , त्रिभुवन पार्क व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी बागमती प्रदेश संस्कृति , पर्यटन तथा सहकारी मन्त्रालयमा रहेको छ !

Scroll to Top