थानकोट-चित्लाङ सडक खण्डका लागि अर्थ मन्त्रालयबाट ७ करोड ९९ लाख बजेट बिनियोजन

काठमाडौं ।
थानकोट चित्लाङ सडक खण्डको लागि चालु आ.ब. मै काम गर्ने गरी अर्थ मन्त्रालयबाट ७ करोड ९९ लाख बजेट बजेट बिनियोजन भएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै अर्थले सो सडकका लागि श्रोत सुनिश्चिता एवं सहमति दिएको छ ।
योजनाहरुको निर्माण तथा स्तरोन्नती कार्य गर्न श्रोत सहमति माग भईआएको आयोजनाको स्वीकृति तथा प्राथमिकीकरणको आधारमा बिहीबार अर्थ मन्त्रालयमा बसेको बैठकले सो बजेट बिनियोजन गर्ने निर्णय गरेको छ ।
चालु आबमा गणेशमानसिंह राजमार्गमा परेको २ करोड बिनियोजन भएकोमा र थप सहित ७ करोड ९९ लाख रुपैयाँबराबरको रकमले सडकको स्तरोन्नति एवं सुधारका लागि खर्च गर्नुपर्नेछ ।

Scroll to Top