थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ ।
काठमाडौं जिल्लाको प्रवेशद्वारको रुपमा रहेको ऐतिहासिक सडक भिमफेदी थानकोट सडक ३ दशकदेखि निर्माणधिन अवस्थामा रहेको र हालसम्म पनि बजेट अभावका कारण बन्न ढिला भइरहेको छ । जसका कारण थानकोट चित्लाङ सडक खण्डमा दुर्घटना हुँदै आइरहेको छ ।
लामो समयदेखि निर्माणधिन थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि बाटो बालोपत्र गर्न बाँकी रहेको छ ।

मकवानपुर जिल्लाको चित्लाङमा पर्यटकीय क्षेत्रको रुपमा दु्रतगतिले विकास भइरहेको हुँदा उक्त सडक निर्माणले लाखौं लाख पर्यटकहरुको आवत जात गर्ने र समग्र मकवानपुर जिल्लालाई पर्यटन क्षेत्रमा सघाउ पु¥याउने छ । साथै हजारैं व्यक्तिहरु रोजगारीको अवसर प्राप्त गर्ने छन् । जसको कारण त्यस सडकमा कालोपत्र गर्न अति आवश्यक रहेकोले २०८१÷०८२ मा बजेट विनियोजन गर्न माग गरिएको संघीय सांसद राजेन्द्र कुमार केसीले बताए ।
थानकोट पानीघाट चित्लाङ खण्ड (गणेशमान सिंह राजमार्ग)मा कालो पत्र गर्नको लागि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री राजेन्द्र कुमार केसीले अर्थ मन्त्री वर्षमान पुन समक्ष ३० करोड रुपैया बराबरको बजेट विनियोजनको मागसहित पत्र प्रेस गरेका छन् ।

सो बजेटले काठमाडौं मकवानपुर दुवै तर्फको यातायात पर्यटन तथा विकासमा विशेष भूमिका खेल्नेछ ।

Scroll to Top