थानकोट प्रहरी वृत्तद्वारा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित त्रिभुवन पार्कमा आज थानकोट प्रहरी वृत्तले सार्वजनिक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं ४ का अध्यक्ष एवम् नगर प्रवक्ता कृष्ण प्रसाद खडगीको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त थानकोटका प्रमुख सुर्यप्रकाश सुवेदीको संयोजनमा गरिएको सो कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू , स्थानीय जनप्रतिनिधिहरू पूर्व प्रहरी कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार, शिक्षकवर्ग, समुदाय-प्रहरी साझेदारीका पदाधिकारीहरू, लैंगिक संजाल समितिका पदाधिकारीहरू, लगायत विभिन्न क्षेत्रका व्यक्ति , व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

थानकोट प्रहरी वृत्तले आयोजना गरेको उक्त कार्यक्रममा समसामायिक विषयहरूमा छलफल तथा अन्तर्क्रिया गरिएको थियो ।

मुख्यतः पछिल्लो समय नेपाली समाजमा भयावहरुपमा देखापरेको लागुऔषध दुर्व्यसन , ओसारपसार र कारोबार सम्बन्धी गतिविधिको रोकथाम तथा संभावित अपराधजन्य क्रियाकलाप र घटनाहरु हुन ,गर्न नदिन आम नगरबासी र प्रहरीको संयुक्त भूमिका एवम् समन्वयलाई निरन्तरता दिई नगरपालिकाभित्र शान्ति सुरक्षा कायम गर्ने लगायतका विषयवस्तुहरूमाथी केन्द्रित रहेर छलफल गरीएको थानकोट प्रहरी वृत्त प्रमुख सुर्य प्रकाश सुवेदीले शोणितपुर खबरलाई जानकारी दिएका छन् !

Scroll to Top