थानकोट प्राथमिक अस्पतालमा आँखा उपचार सेवा सुरु

काठमाडौं । थानकोट प्राथमिक अस्पतालमा आँखा उपचार सेवा पनि थप हुने भएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ अवस्थित चन्द्रागिरि नगरपालिका प्राथमिक अस्पताल थानकोटमा दृष्टि आई केयर सेन्टरको सहकार्यमा अबदेखि आँखा उपचार सेवा पनि थप गर्न लागिएको हो ।
यो सेवाको लागि अस्पतालका प्रमुख डा. सौरभ सुनार र दृष्टि आई केयरका निर्देशक डा. भाइराजा श्रेष्ठका बीच असार २८ गते सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो ।
यस अस्पतालमा आँखा सेवा सुरु गर्न नगर प्रमुख घनश्याम गिरीको अध्यक्षतामा नगरपालिकाको कार्यालयमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले अनुमोदन गरेको थियो ।
यस अस्पतालमा यो भन्दा अगाडि मुटु रोग, स्त्री रोग र रेडियोलोजीलगायतका विशिष्टिकृत सेवाहरु सञ्चालन हुँदै आइरहेको छ ।

Scroll to Top