दुर्गे भगवानी म्युजिक भिडियो सार्वजनिक

नेपाली भाषा साहित्यमा विगत चार दशकदेखि समर्पित रहँदै आएका विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना र स्वरमा दुर्गे भवानी अम्बे माताको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ सङ्गीतकार राम कार्कीको सङ्गीत र संयोजन रहेको सो भिडियो रोशन कुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।

उक्त भिडियोमा कलाकार : प्रेम बश्याल, बद्री पुडासैनी, सौगातराज खड्‌का, भोले भण्डारी, सफल शर्मा, शिक्षा थपलिया, सरिता सुनार, रमेश प्रधान, बिमला ढकाल, लक्ष्मी शर्मा, राजु पौडेल, क्षेत्र लक्ष्मी श्रेष्ठ, सर्तिला गौतम, राजु तामाङ, निश्चल बिक्रम पौडेल, सोनी कडेल, सुरेन्द्र खड़का, कृष्ण मंगल श्रेष्ठ, कृतिम तिवारी, लाल ब. लामा, बिक्की साह , अस्मीना भारती र बाल कलाकारहरू आरोही श्रेष्ठ , यीशा ओझा, प्रसुना अधिकारी, हिमानीको अभिनय
रहेको छ ।

धेरैभन्दा धेरै भक्तहरूको अभिनय रहेको भजनको श्रृंगार सोनी कंडेलको रहेको छ भने निर्माण नियन्त्रक लाल बहादुर लामाले गरेका छ्न् ।

त्यस्तै ,सम्पादन बि. स्क्वायर फिल्मस् प्रा.लि. तथा छायांकन सुर्य राई दनुवार र निर्देशक रोशन कुमार श्रेष्ठले गरेका हुन् ।

Scroll to Top