दोलखा भीमसेनको शिलामा पसिना : बाँया भागबाट पसिना आउँदा अनिष्ट हुने जनविश्वास

काठमाडौं । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा फेरि पसिना आएको छ ।
बुधबार ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ । यसअघि गत साउन ५ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।
भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ । वि.सं. १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो । यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको त्यहाँका स्थानीयहरु बताउँछन् ।

‘भीमसेनको शिलामा पसिना आउँदा शुभ हुने संकेत पनि छ, अनिष्ट हुने संकेत पनि मानिन्छ । शिलाको बाँयाबाट पसिना आउँदा अनिष्टको संकेत, दाँयाबाट आउँदा शुभ संकेतको जनविश्वास छ । साउन ५ गते शिलाको बाँयाबाट पसिना आएको थियो । आज शिलाको शिर हुँदै मध्य भागसम्म पसिना आएको छ

भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ । गणतन्त्रपछि भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहेको छ ।

Scroll to Top