धनुषामा एक मिटरब्याज पीडितको हत्या

काठमाडौं । धनुषामा एक मिटरब्याज पीडितको हत्या भएको छ । धनुषाधाम नगरपालिका ३ का अन्दाजी ४५ वर्षीय योगेन्द्र ठाकुरको हत्या भएको हो ।

मिटरब्याज पीडित योगेन्द्रको आफ्नै घरमा सोमवार राति करिब ११ बजे केहि व्यक्ति प्रवेश गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतक योगेन्द्रको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेर मंगलवार मृतकको शव परिवारलाई बुझाइएको छ । मंगलवार नै उनको जनकपुरधामस्थित स्वर्गद्वारीमा दाहसंस्कार गर्ने तयारी गरिएको थियो । तर घटनाबारे मिटरब्याज पीडित संघर्ष समितिका व्यक्तिहरूले थाहा पाएपछि दाहसंस्कार रोकिएको छ ।

कुटपिटपछि योगेन्द्र घाइते भएको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए । उनले घटनाको निष्पक्ष छानबिन हुने बताए ।

Scroll to Top