धादिङको धुनवेसी नगरपालिकामा स्थानीयवासीहरुले लगाए ताला

काठमाडौं ।
धादिङको धुनवेसी नगरपालिकामा स्थानीयवासीहरुले ताला लगाएका छन् ।
धुनवेसी नगरपालिकाको कार्यालय भवन धुनवेसी नगरपालिका वडा नम्बर ९ जुगेडीमा बनाउने विषयमा नगरपालिका र स्थानीयवासीबीच विवाद भइरहेको छ । जसले गर्दा स्थानीयवासीहरुले धुनवेसी नगरपालिका विरुद्ध मुद्दा दर्ता गराई सकेका छन् ।


आज अदालतमा नगर भवन निर्माणविरुद्ध स्थानीयले हालेको मुद्दा विचाराधिन हुँदैगर्दा अदालतको फैसला बिना नै हाल बसेको भवनबाट मेयर, उपमेयर र कर्मचारीले अहिले बसेको घरधनीलाई समेत जानकारी नदिई सामान सार्न खोजेपछि स्थानीयवासीहरुले गेटमा ताला लगाएका छन् ।


स्थानीयवासीहरुले अदालतमा हालेको मुद्दाको तारिक भइरहेको हुँदा त्यसको अवज्ञा गरी धुनवेसी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको निजी स्वार्थपूर्तिको लागि जवरजफती जुगेडीमा भवन बनाउन लागेकोले स्थानीयहरुले विरोध गर्दै आइरहेका छन् ।

Scroll to Top