धेरै पटक फुटबल छोएर विस्व किर्तिमान

काठमाडौं । टाेखा निवासी सजन डंगोलले ९ हजार २ सय १८ पटक फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ मा आफ्नाे नाम लेखाउन सफल भएका छन् ।

नेपालको ए डिभिजन फुटबलसमेत खेलेका सजन डंगोलले १६ फेब्रुअरी २०२४ मा बेलायतको बर्मिङ्घममा एउटा खुट्टाले सबै भन्दा धेरै पटक (एक घण्टामा ९ हजार २ सय १८ पटक) फुटबल छोएर ‘गिनिज वर्ल्ड रेकर्ड’ राख्न सफल भएका हुन् ।

वि.सं. २०५२ असार २५ गते जन्मिएका सजनले सानैदेखि फुटबलमा लगाव भएकाले विद्यालय अध्यापनकाे क्रममा अन्डर १४ उमेर समुहबाट फुटबल यात्रा सुरू गरेकाे जनाए । साथै टाेखाकाे भगवती क्लब, बालप्रेमी क्लबबाट विभिन्न प्रतियाेगिताहरु खेलेर वि.सं. २०७७ देखि ७९ सम्म नेपालकाे मनाङ मर्स्याङ्दि क्लबबाट ए डिभिजन खेलेकाे थिए ।

उच्च शिक्षा अध्यापन गर्ने क्रममा बेलायतकाे बर्मिघन सिटी युर्निभरसिटीबाट इन्टरनेशनल बिजनेशमा स्नातकोत्तर तह अध्ययन कै क्रममा बेलायतकाे बर्मिंघम टाइगर्स, साल्टले स्टालियन्स, एफ.सीभि ग्रेस डियु जस्ता क्लबहरुबाट विदेशी फ्रेचाइज फुटबल लिग खेलेकाे उनले बताए ।

Scroll to Top