नयाँ भर्नाको सूचना सम्बन्धमा नेपाल पब्लिक क्याम्पस संघको विरोध

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षणको विज्ञप्ति दिएको छ ।
सामुदायिक क्याम्पसहरुको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघले त्रिभुवन विश्वविद्यालयका पूर्व पदाधिकारीदेखि वर्तमान पदाधिकारीहरु समक्ष क्यू.ए.ए प्राप्त क्याम्पसहरुका लागि गत साल स्थगन गरिएको कार्यक्रमको सम्बन्धन खुलाउनेलगायतका विविध विषय समेटेर विज्ञप्ति दिएको नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले शोणितपुर खबरलाई जानकारी दिए ।
हालै त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डीनको कार्यालयबाट द्य।क्अ।ऋक्क्ष्त् को नयाँ भर्नाको सूचना सम्बन्ध यस संघले विरोध गरेको छ ।
यसै वर्ष नयाँ भर्ना लिन मिल्ने गरी विश्वविद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त गरी समयसीमाभित्र रहेका र अन्य सामुदायिक क्याम्पसहरुको भौगोलिक अवस्थालाई ध्यानमा राखेर साधारण धारतर्फका विषय थप र कार्यक्रमको सम्बन्धन अविलम्ब खुलाउन माग गरेको छ ।
स्थगित सम्बन्धनसहित अन्य सामुदायिक क्याम्पसहरुका लागि समेत विषय थप, कार्यक्रम थप सम्बन्धी सूचना सम्प्रेषणको प्रक्रिया अगाडि नबढाए, त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं त्रिवि पदाधिकारीहरु हुने समेत विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, स्तरनिर्धारण, एकद्वार प्रणालीबाट अनुगमन हुनुपर्ने, विधानमा एकरुपता ल्याउन त्रिविविले संयोजन गर्नुपर्ने, परीक्षा सञ्चालन र नतिजा प्रकाशन सम्बन्धी राष्ट्रिय क्यालेण्डर तर्जुमा गर्नुपर्ने विषयमा ध्यानाकर्षण गरेको छ ।
आज नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष शत्रुघ्नुप्रसाद गुप्ता र महासचिव गोविन्दबहादुर कार्कीको संयुक्त हस्ताक्षेरमा सो विज्ञप्ति दिइएका थिए ।

Scroll to Top