नागढुंगा सुरुङ मार्गको निर्माण कार्य फेरि ठप्प

चन्द्रागिरि (काठमाडौं) । राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङ मार्गको निर्माण कार्य फेरि ठप्प भएको छ ।

चन्द्रागिरि १ अन्तर्गत पर्ने दहचोक क्षेत्रमा आईतबारदेखि स्थानीयहरूले सुरुङ मार्ग निर्माण कार्य रोकिदिएका छन् भने आजबाट चन्द्रागिरि ५ का स्थानीयहरुले समेत विभिन्न माग राखी निवेदन पेश गरेका छन् ।

दहचोकस्थित सुरुङमार्ग प्रभावित स्थानीयहरूको माग र पूर्व सहमति सम्झौता अनुसार काम नगरेकोले बाध्य भएर अहिले निर्माण कार्य रोकेको सरोकारवालाहरूले जनाएका छन् ।

त्यस्तै, चन्द्रागिरि ५ का स्थानीयहरूले विभिन्न ७ बुँदे माग राखी सुरुङमार्गमा निवेदन दिएको चन्द्रागिरि ५ का स्थानीयबासी विनोद महर्जनले शोणितपुर खबरलाई जानकारी दिए ।

पौराणिक कालदेखि चलिआएको परम्परागत विभिन्न जात्रा, पर्वहरूमा अवरोध हुने देखिएको साथै सवारी साधन आवत जावत गर्नको लागि कम्तिमा पनि २० फिट बाटोको व्यवस्था गरिदिनुपर्ने स्थानीयहरुलाई ५० प्रतिशतको रोजगारको सुनिश्चित गर्नुपर्ने , अव्यवस्थित बाटोको कारणले गर्दा कुनै दुर्घटना भएको खण्डमा यस घटनाको सम्पूर्ण जिम्मेवारी यसै आयोजनाले लिनुपर्ने , आयोजनाले किसिपिडी सडक क्षेत्रमा दायाँबायाँ कम्तिमा ५ फिटको सडक पेटी निर्माण गर्नुपर्ने लगायत माग राख्दै पीडित स्थानीयहरुले माग राखी निवेदन पेश गरेका छन् ।

पीडित स्थानीयबासीहरुको माग पुरा नभए कुनै पनि समय काम रोक्न सक्ने महर्जनले बताए ।

Scroll to Top