नागढुंगा सुरुङ मार्गमा फेरि अवरोध, स्थानीयको नयाँ मागले फ्लाइओभरको काम ठप्प

काठमाडौं । नागढुंगा सुरुङ मार्गलाई जोड्ने फ्लाईओरको निर्माण कार्य स्थानीयहरुले अवरोध गरेका छन् । स्थानीयहरुको अवरोधका कारण १० दिनदेखि फ्लाईओर निर्माण कार्यमा अवरोध भइरहेको छ ।


स्थानीयले मुआब्जा, फ्लाइओभर भएकै स्थानमा जेब्रा क्रसिङ घर अगाडी बाटो चाहिनेलगायतका माग राख्दै असार १३ गतेदेखि फ्लाईओरको कार्यमा अवरोध गरेपछि काम रोकिएको अयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए ।
यसैगरी स्थानीयले तोकिएको भन्दा धेरै जग्गा सुरुङ मार्ग आयोजनाले चर्चिएको भन्दै सो जग्गाको मुआब्जा समेत माग गरेका छन् । यस विषयमा स्थानीय तथा स्थानीय जनप्रतिनिधिहरुसँग निरन्तर छलफल भइरहेको आयोजनाले जनाएको छ ।


फ्लाईओरको कार्य करिब करिब ७० प्रतिशत सम्पन्न भएको जनाएको छ ।


यसअघि पनि मुख्य सुरुङ को ब्रेक थ्रु हुनुअघि चन्द्रागिरि नगरपालिका १ र २ का स्थानीयले अवरोध गरेपछि फागुन ६ गतेदेखि सुरुङ निर्माणलगायत आयोजनाको सबै काम एक महिना ठप्प रहेको थियो ।

Scroll to Top