नागढुङ्गा – त्रिभुवन राजपथ पहिरोको कारण अझै बन्द

काठमाडौ : चन्द्रागिरि नगरपालिका वडा नं २ बस्नेत वन सीमानामा पर्ने, पातले वन रिसोर्ट जाने बाटो नजिक अविरल वर्षातका कारण सडक माथीबाट ठूलो पहिरो खसी सडक पूर्णरुपमा बन्द भएको छ !

सडक विस्तारको क्रममा गुणस्तरयुक्त कार्य नगरिएकाले यो अवस्था सृजना भएको स्थानीयको गुनासो छ ।

दुई दिनदेखिको निरन्तर बर्षाका कारण आज उक्त स्थानमा पहिरो जानेक्रम चलिरहेको र यसले यातायात आवागमनमा बाधा पुगेको साथै हजारौं यात्रुहरुले सास्ती व्यहोर्नु परिरहेको छ । त्यस्तै, धनजनको ठुलो क्षति हुनसक्ने सम्भावना बढाएको छ !

त्रिभुवन राजमार्गमा अहिले पनि पहिरो खसिरहेको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन ३ वटा जेसीवी प्रयोग गरिएको भए पनि अविरल वर्षाले गर्दा पहिरो पन्छाउन सकस भइरहेको छ ।

नागढुङ्गानजिकै बुधबार बिहान १० बजेदेखि ढुंगा, माटो र रुखसहितको पहिरो खसेपछि त्रिभुवन राजमार्ग अवरुद्ध भएको थियो ।

Scroll to Top