निर्माण ब्यावसाय क्षेत्रको उन्नतीका लागि बलियो दल र बलियो राज्य आबश्यक : महासचिव पोखरेल

काठमाडौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओबादी केन्द्र) निकट राष्ट्रिय निर्माण ब्यावसाय संगठनका केन्द्रीय सल्लाहकार अशोक कुमार केसीलाई नेकपा (एमाले) मा स्वागत गर्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यलय च्यासलमा आयोजित कार्यक्रममा केसी माओबादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।
बाँकेको नेपालगञ्ज निवासी केसी निर्माण ब्यावसायीहरुको साझा संस्था नेपाल निर्माण ब्यावसायी महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ माओबादी केन्द्रको बिभिन्न भुमिकामा हुनुहुन्थ्यो ।
महासचिव पोखरेलले केसीलाई एमालेमा स्वागत गर्दै ठिक समयमा ठिक पार्टी छनौट गरेको बताउनु भयो ।
सो अवसरमा महासचिव पोखरेलले अस्थिरताले राज्य कमजोर हुने र त्यसबाट बिकास निर्माण प्रभावित हुने चर्चा गर्दै निर्माण ब्यावसाय क्षेत्रको उन्नतीका लागि पनि बलियो दल र बलियो राज्य आबश्यक रहेको स्पष्ट पार्नु भयो ।
प्रवेशी केसीले एमालेबाट मात्रै देश र जनताको भलो हुने भएकाले एमाले रोजेको बताउनुभयो ।

नेकपा एसका तीन अगुवा कार्यकर्ता एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा(एमाले)मा प्रवेश गर्नुभएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै नेकपा (एमाले)मा प्रवेश गर्नुभयो ।
पार्टीका महासचिव शंकर पोखरेलले उहाँहरूलाई पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गर्नुभयो ।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढ्नुभएको हो । उहाँ अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । प्रा.डा. बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।

Scroll to Top