नृत्य निर्देशक संघ नेपालको भेलाको तयारी पोखरामा

काठमाडौं । नृत्य निर्देशक संघ नेपालको प्रथम राष्ट्रिय भेला २०८१ तयारीका लागि अध्यक्ष र सचिव स्तरीय बृहत छलफल कार्यक्रम हुने भएको छ ।
कार्यक्रम आइतबार पर्यटकीय राजधानी गण्डकी प्रदेश पोखरामा हुने भएको छ ।
नृत्य निर्देशक संघ नेपालको अध्यक्षमा वरिष्ठ नृत्य निर्देशक भुवन श्रेष्ठ छन् भने वरिष्ठ उपाध्यक्षमा प्रदीपमान श्रेष्ठ, उपाध्यक्षमा शम्भु शाह, महिला उपाध्यक्षमा भावना कार्की, उपाध्यक्ष ज्ञान बहादुर महर्जन, महासचिवमा नृपध्वज खत्री, सचिवमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा शारदा सोती शर्मा, सहसचिवमा रवि राना मगर, सह कोषाध्यक्षमा केशव कोइराला तथा अन्य बोर्ड सदस्यहरुमा प्रमिला कार्की ढकाल, बुद्ध लामा, सिर्जना श्रेष्ठ तथा सिर्जना राजबहाक, भोगेन्द्र मानन्धर, संगीता खड्की, महेन्द्र निरौला, देवेन्द्र कुँवर, मोहन तौजले रहेका छन् । उक्त भेलामा कोशी, बागमती, लुम्बिनी, मधेश, कर्णाली र गण्डकी प्रदेशबाट अध्यक्ष र सचिवको उपस्थिति रहने छ । साथै प्रदेश अन्तर्गत रहेका जिल्ला, नगर र गाउँपालिकाका अध्यक्ष र सचिवहरुको पनि उपस्थिति रहने संघका सहसचिव रवि राना मगरले शोणितपुर खबरलाई जानकारी दिए ।

Scroll to Top