नेकपा एमाले काठमाडौंका नेताहरूले कांग्रेस सभापति देउवालाई आकर्षण पत्र

काठमाडौं । नेकपा एमाले काठमाडाैंका नेताहरूले मंगलबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

एमाले वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वको टोलीले देउवालाई उहाँकै निवास बुढानीलकण्ठमा भेटेर नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको परिपत्रका सम्बन्धमा ध्यान आकर्षण गराएको हो ।

सो क्रममा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जानुपर्ने विषयमा सहमति जानुभयो । उहाँले कानुन मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन पनि दिनुभयो ।
टोलीमा भट्टराईसँगै नेकपा एमाले काठमाडौं जिल्ला ईञ्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला लगायत सहभागी हुनुहुन्थ्यो 

Scroll to Top