माधव नेपाल सर्वसम्मत अध्यक्ष

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधव नेपाल पुनः चुनिएका छन् ।

आज भएको केन्द्रिय पार्टी महाधिवेशनको बन्द सत्रबाट अध्यक्षमा नेपाल सर्वसम्मत भएका हुन् । त्यस्तै , झलनाथ खनाल पार्टीको सम्मानित नेताकारुपमा र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चुनिएका छन् ।

केन्द्रिय अध्यक्ष पदका लागि नेपाल, खनाल र भुसालले दाबी पेश गरेका थिए तर, नेता कार्यकर्ताहरूको चर्को दबाबपछि सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको हो । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पनि अध्यक्षमा नेपाललाई सर्सम्मत गर्न सुझाव दिएका थिए ।

राष्ट्रिय राजनीतिको पछिल्लो घटनाक्रममा समाजवादी पार्टीमा फेरि नेपालको नेतृत्व अवसरले के कति प्रभाव पार्ने हो त्यो अहिले नै अनुमान लगाउन नसकिए पनि तत्काललाई एकीकृत समाजवादीलाई एकताबद्ध पारिराख्न उनलाई ठुलो चुनौती भने देखिन्छ ।

कहिले शक्तिशाली त कहिले निरीह भुमिकामा नेपालको राजनीतिमा निरन्तर कृयाशिल माधव नेपालका निम्ति अबको यात्रा कस्तो हुने हो ? समाजवादी पार्टीको आगामी नीति , रणनीति र कार्यक्रममा भर पर्नेछ ।

तथापि , एकीकृत समाजवादीको अध्यक्षमा चुनिएसँगै उनको राजनीतिक जीवनको अग्निपरिक्षा सुरु भएको छ ।

एकीकृत (समाजवादी )को आज सम्पन्न महाधिवेशनले शिर्ष नेतृत्व छाने पनि अन्य पदहरुको भने टुङ्गो लागेको छैन ।

Scroll to Top