नेपाल निर्माण उद्योग परिषदमा नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको घटक संस्था नेपाल निर्माण उद्योग परिषद्को तेस्रो अधिवेशन तथा पचौँ साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा बलभद्र राना सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक निर्वाचित हुनुभएको छ । कोशी प्रदेशबाट उपाध्यक्षमा कमलप्रसाद गौतम, मधेसबाट रामसुरत देव, वाग्मतीबाट नारायणप्रसाद बडाल, उपत्यकाबाट कृष्णप्रसाद गौतम, गण्डकीबाट नारायण जीसी, लुम्बिनीबाट प्रकाश शाह, कर्णालीबाट लक्ष्मणप्रसाद पोखरेल र सुदूरपश्चिमबाट कृष्णबहादुर साउद निर्वाचित हुनुभएको छ । त्यस्तै महिला उपाध्यक्षमा मञ्जु भुसाल निर्वाचित हुनुभएको छ ।
सङ्गठनको महासचिवमा रामशरण देउजा निर्वाचित हुँदा उपमहासचिवमा पुष्कल श्रेष्ठ र बलराम श्रेष्ठ निर्वाचित हुनुभएको छ । यसै गरी सचिवमा मनोज तामाङ र दिनेश पौडेल निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा उज्वल गौतम चुनिनु भएको छ ।
नवनिर्वाचित कमिटी ८५ सदस्सीय छ । सिङ्गो कमिटी सर्वसम्मत निर्वाचित भएको नेकपा एमाले केन्द्रीय सदस्य एवं उद्योग तथा व्यवसायी महासंघ इञ्चार्ज रचना खड्काले जानकारी दिनुभयो 

Scroll to Top