पदाधिकारीमा हारेकी रामकुमारी पोलिटब्युरो सदस्यमा विजयी

रमा आलेमगरले पाइन तेस्रो लोकप्रिय मत

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री पदाधिकारीमा हारे पनि पोलिटब्युरो सदस्यमा भने विजयी भएकी छिन् । आज सार्वजनिक मतपरिणाम अनुसार उनले १८२ मतका साथ चौथो स्थानमा रहेर पोलिटब्युरोमा विजयी भएकी हुन् । 

महिला उपाध्यक्षमा झाँक्री जयन्ती देवी राईसँग पराजित भएकी थिइन् ।  झाँक्रीले ११३ मत पाउँदा विजयी भएकी राईले १९८ मत पाएकी थिइन् । 

त्यस्तै, चन्द्रागिरि नगरपालिकाकी तथा बागमती प्रदेश सभा सदस्य समेत रहेकी रमा आलेमगरले तेस्रो लोकप्रिय मत १९४ प्राप्त गर्दै पोलिट ब्यूरो सदस्यमा निर्वाचित भएकी छन् ।

Scroll to Top