पलेशालाई काँग्रेसले गर्‍याे पाँच लाख पुरस्कारसहित सम्मान

काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा काँस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख रूपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् ।

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् ।

योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

Scroll to Top