पहिरोको कारण सिस्नेरी–दक्षिणकाली खण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । अविरल वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा हेटौंडा काठमाडौं आउने सिस्नेरी–दक्षिणकाली खण्डमा अवरुद्ध भएको छ । जसका कारण सिस्नेरी–दक्षिणकाली खण्डमा पूर्णरुपमा बन्द भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित छेपारे भन्ने स्थानमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठूलो पहिरो भएका कारण तत्काल बाटो खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं आउन अर्को छोटो बाटो थानकोट चित्लांगको बाटो पनि मर्मत सम्भारको लागि बन्द रहेकोले काठमाडौं आउन अर्को छोटो दुरीको मार्ग कुलेखानी–फाखेल–मातातीर्थको बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । उक्त बाटो पूर्णरुपमा सञ्चालनमा रहेको पनि प्रहरीले जनाएको छ ।

Scroll to Top