पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीका लागि आइपुग्यो भारतीय टोली

काठमाडौं : चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ। 

गएराति हिँडेको १२ सदस्यीय टोली अहिले रूपन्देही आइपुगेको छ। शनिबार नै घटनास्थल आइपुगेर टोलीले काम थाल्नेछ । विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्ने शसस्त्र प्रहरी बलका डिआईजी प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए। 

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो।

असार २८ गते सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी नदीमा बेपत्ता भएका थिए ।

दुवै बसमा गरी ६५ यात्रु थिए भने तीनजनाले पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

Scroll to Top