पाँचौँ पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड, यस्तो छ अंकगणित

काठमाडौं । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदै छन् ।

नेकपा एमालेसहितका पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, तर अहिलेसम्म प्रधानमन्त्री दाहालसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । कांग्रेस-एमालेसहित अन्य साना केही दलहरू समेत दाहालको विपक्षमा उभिएका छन् । जसले त्यसैले प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित प्रायः छ ।

उनले आजसहित पाँचौ पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् ।

Scroll to Top