पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले पृथ्वी राजमार्गको सिमलतालमा पहिरोमा परि दुईवटा रात्रिबस त्रिसुली नदीमा खसेको घटनामा दुःख व्यक्त गरेको छ ।

महासंघले शुक्रबार एक वक्तव्य जारी गर्दै गएराति दुई रात्रिबस दुर्घटना भएको प्रति दुःख व्यक्त गरेको हो ।

महासंघले दुर्घटनाबाट अपुरणीय क्षति भएको भन्दै पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै उद्धार र राहतको काममा ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको छ ।

महासचिव राजेन्द्र विक्रम बानियाद्वारा हस्ताक्षरित वक्तव्यमा सरकारले अत्यन्तै सजगता, सक्रियता र जिम्मेवारीबोधका साथ समस्यामा परेका नागरिकको खोजी एवं उद्धार गर्नुपर्ने भनिएको छ ।

महासंघले जोखिममा रहेका नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन र पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउन पनि सरकारसँग माग गरेको महासचिव विक्रम बानियाले शोणितपुर खबरलाई जानकारी दिए ।

Scroll to Top