पुरक परीक्षाको समय तालिका सार्वजनिक, पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षाको पुरक (ग्रेडबृद्धि)को समय तालिका सार्वजनिक भएको छ । २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुले पुन परीक्षा दिनसक्ने छन् ।
पुरक परीक्षा साउन २३ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ ।
जसमा पहिलो दिन साउन २३ गते अनिवार्य अंग्रेजी, २४ गते नेपाली, २५ गते अनिवार्य गणित हुनेछ । त्यस्तै २६ गते अनिवार्य विज्ञान तथा प्रविधि, २७ गते अनिवार्य सामाजिक, २८ गते ऐच्छिक प्रथम पत्रका सबै विषयहरुको परीक्षा हुने छ । त्यस्तै २९ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयहरु हुनेछन् भने ३० र ३१ गते बुधबार र बिहीबार प्राविधिक धारतर्फका विषयहरुको परीक्षा हुनेछन् ।
परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटबाट पनि भर्न सकिन्छ । परीक्षार्थीले आवेदन फाराम भर्न प्रति परीक्षार्थी ५०० रुपैयाँको राजश्व लाग्नेछ ।

Scroll to Top