पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध भएको छ । भारी वर्षासँगै सडक माथिबाट आएको लेदोको कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी खण्ड अबरुद्ध बनेको प्रहरीले जनाएको छ । लगातार भारी वर्षात हुँदा वर्षासँगै आएको लेदोले राजमार्ग अबरुद्ध बनेको हो ।

लेदो हटाइ अबरुद्ध सडक सुचारु गर्न निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरिएको छ ।
वर्षा भइरहेका कारण सवारी सुचारु हुन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।

विशेष गरि काठमाडौं आउने रात्री बस र मालबाहक ट्रक अहिले सो क्षेत्रमा रोकिएका छन् । 

Scroll to Top