पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य सूचीअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल/मट्टितेलको मूल्य १६० रुपैयाँ पुगेको छ। नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ। 

Scroll to Top