प्रधानमन्त्री ओलीद्वारा कमल थापा लिखित पुस्तक लोकार्पण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले लेखेको ‘नाकाबन्दी र भूराजनीति- कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक पुस्तकको लोकार्पण गरेका छन् ।

थापाले पुस्तकलाई ६ खण्डमा बाडिएको र परराष्ट्रसम्बन्धी विभिन्न घटनाक्रमलाई उल्लेख गरिएको बताएका छन् । पुस्तकमा एकीकृत महाकाली सन्धि तथा २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछि परराष्ट्रमन्त्रीका रूपमा थापाले निर्वाह गरेको भूमिका र त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताए । विशेषगरी नाकाबन्दीका समयमा भएका घटनालाई थापाले इमान्दारीपूर्वक पुस्तकमा प्रस्तुत गरेको र लामो किसिमबाट विषयवस्तुलाई नतन्काएको पनि उनले उल्लेख गरे । सीमा समस्या, चीनसँगको सम्बन्ध, विभिन्न राष्ट्रप्रमुखहरूसँगको भेट लगायतका विषयवस्तुलाई पुस्तकमा समावेश गरिएको उनले जानकारी दिए ।

Scroll to Top