प्रधानसेनापति शर्मा अवकाशमा, आजदेखि सेनाको कमान्ड सम्हाल्दै सिग्देल

काठमाडौं :  नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन्। प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन्। 

सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए । शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । 

भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति पौडेलले सिग्देललाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेका थिए ।

Scroll to Top