फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको छ ।

यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।

अब स्पेनले जुलाई १५ मा हुने फाइनल खेलमा नेदरल्याण्डस र इङल्याण्डबीचको विजेतासँग खेल्ने छ ।

Scroll to Top