बलामी काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्षमा नियुक्त

काठमाडौं । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडाले चन्द्रागिरि नगरपालिका वडा नं ६ का भाइकृष्ण बलामीलाई काठमाडौं जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ ।

प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ को उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली (संशोधन सहित), २०७६ को नियम (३) को उपनियम (१) को (क) मा व्यवस्था भए बमोजिम बलामीलाई जिल्ला खेलकुद विकास समिति, काठमाण्डौंको अध्यक्ष पदमा चार वर्षको लागि मनोनयन गरेको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरू राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएको हो । जसमध्ये काठमाडौं, सिन्धुपाल्चोक,,सिन्धुली, मकवानपुर, काभ्रे र धादिङमा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरिएको हो ।

१३ जिल्ला अन्तर्गत ६ ओटा जिल्लाको खेलकुद विकास समिति बाँडफाँडमा हाल माओवादीलाई ४ र नेकपा ” एस” लाई २ पदको जिम्मेवारी तोकिएको हो !

काठमाडौं जिल्ला खेलकुद विकास समितिमा नियुक्त भएका भाइकृष्ण बलामीले आजै पदभार ग्रहण गरेका छन् !

बलामी , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) चन्द्रागिरि नगर पार्टी अध्यक्ष समेत हुन् !

Scroll to Top