बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

उनले साउन ६ गते विश्वासको मत लिन लागेको जानकारी सहितको पत्र प्रदेशसभा सचिवालयमा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरणमा परिवर्तन भएसँगै नेकपा एमालेले असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेल अल्पमतमा छन् । 

२०७९ पुस २५ गते नेकपा एमाले, राप्रपा, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको समीकरणबाट उनी मुख्यमन्त्री बनेका थिए ।  

११० सदस्यीय बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसन् पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । 

Scroll to Top