बागमती प्रदेशको १८ महिने कार्यकालमा के के गरे पूर्व मुख्यमन्त्री जम्मकट्टेलले

काठमाडौं (शोणितपुर खबर) । आज बागमती प्रदेशमा नयाँ मुख्यमन्त्रीमा काङ्ग्रेसले दाबी पेश गर्दैछ ।
काङ्ग्रेस – एमालेको गठबन्धनले केन्द्रमा मन्त्रीमण्डल टुङ्ग्याइसकेको छ भने ७ वटै प्रदेशमा सरकार निर्माण र पद विभाजनमा दुवै दल कस्सिएर लागेका छन् !

यसै सन्दर्भमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १८ महिनामा गरेका निम्न कार्यहरूलाई आफ्नो प्रमुख उपलब्धीका रुपमा चित्रित गरेको छ !

१. पुजिगत खर्च प्रदेश गठन भएयताकै सबैभन्दा उच्च ७९.४५% भएको छ ।

२. सडक तर्फ ५९६ किलोमीटर सडक पिच भएको छ ।

३. ६१ वटा सडक पुल,१६ वटा झुलुङगे पुल ,२२६ सामुदायिक भवन ,२१ वटा पार्क निर्माण भएका छन ।

४. सिंचाइ तर्फ १५२१ वटा आयोजना सम्पन्न भएका छन ।

५. ३७९४९ वटा थप खानेपानीका धारा जडान भएका छ्न ।

६. ३०९ विद्यालयमा घेराबार ,१६७ वटा २ कोठे भवन १५१ वटा खेल मैदान निर्माण सप्पन्न भएको छ्न ।

७. प्रदेश विश्व विद्यालय गठन भएको छ ।
८. प्रादेशिक सडक गुरुयोजना पास भएको छ ।

९. प्रदेशका १३ जिल्लाका कम्जोर १३ वडामा नमुना वडा समाजवादी कार्यक्रम शुरु भएको छ ।

१०. प्रदेशका ५० भन्दा बढी वडामा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम लागू गरिएको छ ।

११. गृहणि महिला उधमशिता कार्यक्रम ३५ वटा पालिकामा शुरु गरिएको छ ।

१२. चेपाङ च्युरी चमेरो संरक्षण कार्यक्रम लागू गरिएको छ ।

१३. दलित विकास कार्यक्रम लागू गरिएको छ ।

१५. नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरिएको छ ।

१६. कला र संस्कृतिको संरक्षण गर्न रु ५ करोडको अक्षय कोष खडा गरिएको छ ।

१७. दूध किसानलाई प्रती लिटर दूध उत्पादनमा रु ३रुपैयाँ अनुदान दिन पालिकाहरुलाई अनुदान रकम विनियोजन गरिएको छ ।

१८. गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बनाउन ५३ करोड लागत साझेदारी गर्ने निर्णय गरिएको छ ।

१९. गौरिटार अन्तर्राष्ट्रिय खेलकुद स्टेडियमको निर्माण सप्पन्न हुने चरणमा पुगेको छ ।

२०. प्रदेशका सबै प्रादेशिक अस्पतालहरूको स्तर उन्नति गरिएको छ र भक्तपुर र हेटौंडा अस्पताललाई ३०० बेडमा स्तर उन्नति गरिएको छ ।

२१. प्रादेशिक अस्पतालका सबै जनरल बेड निशुल्क गरिएको छ ।

२२. प्रदेश अस्पतालमा ६५ बर्ष माथिका जेष्ठ नागरिकको दन्त सेवा निशुल्क गरिएको छ ।

२३. प्रदेशको काठ प्रदेशबासिलाई सुपथ मुल्यमा दिन शुरु गरिएको छ ।

२४ . गरिब नागरिकको खरको छाना हटाउने अभियान सन्चालन गरिएको छ ।

२५. प्रादेशिक ल्हेल प्रतियोगिता आयोजना गरिएको छ ।

२६. कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ ।

२७. भक्तपुर चाँगुनारायण ७ मा साँस्कृतिक औधोगिक ग्राम र ललितपुरमा औधोगिक ग्रामको सम्भाव्यता अध्यन सकिएको छ ।

२८. सरकारी भवन निर्माण गर्दा अनिवार्य सरकारी काठको प्रयोग गर्ने व्यवस्था मिलाएको छ ।

२९. सवारी साधनको ट्र्यालमा ७० अंक ल्याउने उतिर्ण हुने व्यवस्था गरिएको छ ।

३०. सवारी साधनको घरबाट नै अनलाईन मार्फत बिलबुक नवीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

३१. विभिन्न ऎन र नीति गरि २६ वटा पारित गरिएको छ ।

३२. बित्तीय संघीयता कार्यान्वयन गर्न यो अवधिमा १४ अर्ब ९२ करोड रुपैयाँ स्थानिय तहमा हस्तान्तरण गरिएको छ ।

३३. क्यान्सर रोग लागेका बिरामीलाई उपचार सहुलियत स्वरुप रु १५ करोड निकासा गरिएको छ ।

३४. संघीयता कार्यान्वयन गर्न जोड दिन ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ ।

३५. बिपद व्यवस्थापननका लागि रु ११ करोड ४० लाख जिल्ला बिपद व्यवस्थापन कोषमा पठाइएको छ ।

Scroll to Top