बागेश्वरी अस्पतालले चन्द्रागिरिवासीलाई विशेष छुटसहितको शिविर आयोजना गर्दै

काठमाडौं । बागेश्वरी अस्पतालको १७ औं वार्षिकोत्सवको अवसरमा चन्द्रागिरिवासीलाई विशेष भारी छुट सहितको शिविर आयोजना गर्दै छ ।
यही असार ३० देखि श्रावण १५ गतेसम्म आयोजना हुने उक्त शिविरमा विशेष छुट सहितको सेवा उपलब्ध हुने जनाइएको छ ।


१७ दिनसम्म आयोजना हुने शिविरमा सुगर जाँच, इसीजी जाँच, डाक्टरद्वारा चेकजाँच र इमर्जेन्सी टिकट र भर्ना चार्ज निःशुल्क उपलब्ध गराउने भएको छ ।
त्यस्तै बागेश्वरी अस्पतालको १७ औं वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्न लागेको शिविरमा भिडियो एक्स रे, डिजिटल एक्स रे, विशेषज्ञ सेवा शुल्क, ल्याब जाँच, वेड चार्ज, अपरेशन चार्ज, फिजियोथेरापीमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट दिने भएको छ ।

Scroll to Top