बालाजु चोकमा एटीएम फुटाएर पैसा निकाल्ने प्रयास, एकजना प्रहरी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो २ः४४ बजे बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गरेको खबर प्रहरीकोमा पुगेको थियो ।

तत्कालै प्रहरीको टोली घटनास्थलमा पुग्दा एटीएम फुटाउँदै गरेको अवस्थामा राधेश्याम बैठालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले फलामको रडसहित बैठालाई पक्राउ गरेको थियो ।

उनीमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Scroll to Top