भक्तपुरमा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा विहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । सप्ताहमा कलेजमा स्नातक तह वीई तथा विआर्कमा अध्ययनरत झण्डै दुई हजार विद्यार्थी संलग्न भएका छन् ।
सप्ताहको उदघाटन कलेजकै कार्यबाहक प्रचार्य दुर्गाप्रसाद भण्डारीले गरेका छन् । उदघाटन कार्यक्रममा कलेजका पदाधिकारीहरुले खेलकुदका विविध विषयमा चर्चा गरेका थिए ।
खेलकुद सप्ताह अन्तर्गत फुटवल, भलिवल, कवर्डी, बास्केटवललगायतका झण्डै दुई दर्जन प्रतियोगिताहरु चल्ने कलेजको विद्यार्थी कल्याण शाखाले जनाएको । बताइए अनुसार प्रतियोगितामा कलेजको स्नातक तह विई तथा विआर्क तहमा अध्ययनरत झण्डै सवै विद्यार्थी सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल तथा प्रमाणपत्र पनि वितरण गरिने जनाइएको छ । कलेजले जनाए अनुसार प्रतियोगिताको फाइनल सकेपछि उनीहरुलाई दैनिक रुपमा मेडल तथा प्रमाणपत्र वितरण हुन्छ । जुनजुन प्रतियोगिता सकिंदै जान्छ, त्यो त्यो प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई प्रतियोगिता सकेपछि मेडल तथा प्रमाणपत्र वितरण गरिने जनाइएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्ने जनाइएको छ ।

Scroll to Top