भारतको केरला वायनाडमा पहिरोमा परि ४१ जनाको मृत्यु, ५२ घर ध्वस्त, ४०० जना बेपत्ता

भारतको केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ वटा ठाउँमा पहिरो खसेको छ । यसबाट ४ वटा गाउँ डुबानमा परेका छन् ।
घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । अहिलेसम्म ४१ जनाको मृत्यु भइसकेको छ ।

७० अस्पतालमा उपचाररत छन् भने ४०० भन्दा बढी बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटना गएराति २ बजेको हो । उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा छन् ।

कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको छ । यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेका छन् । 
वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको छ ।

पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । ५ जना अहिलेसम्म फेला परेका छैनन् । ५२ घर ध्वस्त भएका थिए । -एजेन्सी

Scroll to Top