भुटानमा नेपाललाई ८ स्वर्ण

काठमाडौं । आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले ८ स्वर्ण जितेको छ। 

भुटानको थिम्पुमा आयोजना भइरहेको प्रतियोगिताको पहिलो दिन सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वोनिम मानन्धर, महिला २१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।

एलिसा र स्वोनिमले फाइनलमा भारतका खेलाडीलाई पराजित गरेका थिए ।

त्यसैगरि सन्जुले फाइनलमा भुटानकी खेलाडी र रेहानले भारतकी खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण पदक दिलाए। त्यस्तै, सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा नेपालले स्वर्ण पदक जितेको छ।

त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे । जुनियरतर्फ महिला एकल कातामा फाइनलमा श्रीलङ्कासँग पराजित भएर रेनिशा रिमालले रजत पदकमा चित्त बुझाइन् । 

Scroll to Top