भोलिबाट हुने एसइईको सम्पूर्ण तयारी पूरा भयो : राष्ट्रिय परीक्षा बोर्ड

चन्द्रागिरि नगरपालिकाभित्रका ५६ वटा विद्यालयका २ हजार ३७ जना विद्यार्थीले एसइई दिँदै

काठमाडौं : बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० को सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षाको अन्तिम तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भोलिदेखि सञ्चालन हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्‍याइएको जानकारी दिए।
चैत १५ गते बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुनेछ ।
त्यस्तै, चन्द्रागिरि नगरपालिकाभित्रका ५६ वटा विद्यालयका २ हजार ३७ जना विद्यार्थीले एसइई दिँदै छन् ।

विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा बोर्डले यसवर्ष पहिलो पटक निर्देशिका कार्यान्वयनमा ल्याएसँगै एसइई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

Scroll to Top