मध्यरातमा थानकोट प्रहरीले समात्यो दुईवटा ट्रिपर

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं ४ स्थित गणेशमान सिंह राजमार्ग (थानको- चित्लाङ्ग ) सडक खण्डमा रातीराती ढुङ्गा तथा ग्राभेलको चोरी , निकासी भइरहेको स्थानीयहरूको गुनासो तिव्र हुँदै गएपछि सक्रिय भएको थानकोट प्रहरीको टोलीले हिजो मध्यराती १२: ४० बजे
पानीघाटबाट दुईवटा ट्रिपर नियन्त्रणमा लिएको छ ।

ढुङ्गा र ग्राभेल चोरी पैठारी गरिरहेको अवस्थामा बा ४ ख ८७३४ र बा ५ ख १४०५ नम्बरका दुईवटा ट्रिपर नियन्त्रणमा लिएर कार्वाही अगाडि बढाएको थानकोट प्रहरीले शोणितपुर खबरलाई जानकारी दिएको छ ।

विगत लामो समयदेखि राजनीतिक संरक्षण प्राप्त समूहले चन्द्रागिरिको ढुङ्गा तथा ग्राभेल अवैध रुपमा चोरी पैठारी गरिरहेको र आफुहरूले यस विषयमा सम्बन्धित निकायलाई पटकपटक जानकारी दिंदा पनि कुनै सुनुवाई नभएको एक स्थानीयले बताए ! दिनहुँ १०-१५ वटाको संख्यामा ट्रिपरहरूले सामान ओसार्ने गरेकोमा जम्मा दुईवटा ट्रिपर समातेर थानकोट प्रहरीले कतै “स्टन्टबाजी” मात्रै त गरेको होइन ? उनले शंका समेत व्यक्त गरे !

हाल गणेशमान सिंह राजमार्ग (चित्लाङ्ग – सडक खण्डमा) कुनै निर्माण कार्य नभईरहेको साथै उक्त क्षेत्रमा नगरपालिका लगायत अन्य आधिकारिक निकायमार्फत ढुङ्गा , ग्राभेल सम्बन्धी कुनै ठेक्का नलागेको अवस्थामा बिना कागजात यसरी रातिराती कसले ढुङ्गा , ग्राभेल ओसारी रहेको छ ? यस्तो अवैध गतिविधि गर्नेलाई कस्तो कार्वाही हुन्छ ? भन्ने प्रश्नमा थानकोट प्रहरी वृत्तका प्रमुख सुर्य प्रसाद सुवेदीले अबका दिनमा यस विषयमा आफूले गम्भीरतापूर्वक कदम चाल्ने , चोरी पैठारी हुने त्यस क्षेत्रमा प्रभावकारी ढंगले आवश्यक संयन्त्र परिचालन गरि अवैध रुपमा चोरी पैठारी गर्ने गिरोहलाई कानुन अनुसार हदैसम्म कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् !

साथै , हिजो मध्यराती सामान सहित समातिएका ती ट्रिपरहरूलाई चन्द्रागिरि नगरपालिका अन्तर्गत जरिवाना तिराइ सामानै सहित छाड्ने तयारी भइरहेको प्रमुख सुवेदीले जानकारी दिएका छन् !

Scroll to Top