मन्त्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति , कार्वाहीको माग

नेपाल पत्रकार महासंघका कास्की शाखा सदस्य अमृत सुवेदीलाई गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री राजीव गुरुङले “कुट्नुपर्ने” अभिव्यक्ति दिएपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ !

आफ्नो कार्य कक्षमा गञ्जी लगाएर बसेको फोटो अनलाइन खबर डटकमका गण्डकी व्युरो प्रमुख समेत रहेका सुवेदीले सार्वजनिक गरिदिएपछि मन्त्री गुरुङले पत्रकारलाई “कुट्नुपर्ने” सार्वजनिक अभिव्यक्ति दिएको महासंघ कास्की शाखाले जनाएको छ !

प्रदेश सरकारको मन्त्रीजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकार “कुट्नुपर्छ” भन्ने किसिमको अभिव्यक्ति आउनु निन्दनीय र ज्यादतीपूर्ण भएको साथै यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने सम्बन्धित मन्त्रीमाथि कानुनी व्यवस्था अनुसार कार्वाही गर्नुपर्ने पत्रकार महासंघले सरकारसँग माग गरेको छ !

Scroll to Top